You are viewing the translated version of क्षतिपूर्ति शुल्क सम्बन्धी व्यवस्था.

Section 41
क्षतिपूर्ति शुल्क सम्बन्धी व्यवस्था
(१) कसूरदारले क्षतिपूर्ति शुल्क बापत देहायबमोजिमको रकम कोषमा बुझाउनु पर्नेछः-

(क) एक वर्षभन्दा कम कैद सजाय भएमा दुई सय रुपैयाँ,

(ख) एक बर्षदेखि दुई वर्षसम्म कैद सजाय भएमा चार सयरुपैयाँ,

(ग) दुई वर्षभन्दा माथि तीन वर्षसम्म कैद सजाय भएमा छ सयरुपैयाँ,

(घ) वीन वर्षभन्दा माथि चार वर्षसम्म कैद सजाय भएमा आठ सयरुपैयाँ,

(ङ) चार वर्षभन्दा माथि “पाँच वर्षसम्म कैद सजाय भएमा एक हजाररुपैयाँ,

(च) पाँच वर्षभन्दा माथि आठ वर्षसम्म कैद सजाय भएमा तेह्र सयरुपैयाँ,

(छ) आठ वर्षभन्दा माथि बाह्र वर्षसम्म कैद सजाय भएमा अठार सयरुपैयाँ,

(ज) बाह्र वर्षभन्दा माथि र जन्मकैद भन्दा मुनिसम्म कैद सजाय भएमाबाइस सय रुपैयाँ,

(झ) जन्मकैद सजाय भएमा अट्टाइस सय रुपैयाँ ।

(२) कैद सजाय नभई जरिवाना मात्र हुने ठहरेको कसूरदारले लागेकोजरिवानाको चार प्रतिशतले हुन आउने रकम क्षतिपूर्ति शुल्क तिर्नु पर्नेछ ।

(३) कसूरदारलाई कैद र जरिवाना दुबै सजाय भएकोमा कैद वा जरिवानामध्येबाट उपदफा (१) वा (२) बमोजिम हिसाब गर्दा जुन रकम बढी हुन्छ त्यति रकमक्षतिपूर्ति शुल्क बुझाउनु पर्नेछ ।

(४) यस दफा बमोजिमको क्षतिपूर्ति शुल्क अदालतले सम्बन्धित कसूरको फैसलागर्दाको अवस्थामा नै निर्धारण गरिदिनु पर्नेछ ।

(५) यस दफा बमोजिमको क्षतिपूर्ति शुल्क कोषमा जम्मा हुनेछ ।